वि.सं. २०८० श्रावण ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुलाई २१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त
वि.सं. २०८० श्रावण ०५ गते शुक्रवार तदनुसार ई. सं. २०२३ जुलाई २१ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४८ बजे, चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त
काठमाडौं / करिब एक सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जना पक्राउ परेका छ ।राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ । सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ ।पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ- ३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका- ४ भएका हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ था
सुनसरी / मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका- ४ स्थित रामपुर गुए खोल्सीमा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बेलबारी- ४ बुधबारेका ३५ वर्षीय निङ्मा रिङदे शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।प्रहरीका अनुसार अपरान्ह १२ बजेतिर करेन्ट लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीको नेतृत्व टोली खटिएको हो । शव पोस्टमार्टमका लागि पठाएर घटनाको विषय थप भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेशले सार्वजनिक गरेको अघिल्लो वर्ष र आर्थिक वर्षमा भएको सवारीसाधन दुर्घटनाको दर ८ दशमलव ११प्रतिशतले कमी आएको छ ।ट्राफिक प्रहरी कार्यलय यातायात इटहरी सुनसरीले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटना ३ हजार ८ सय २० थिए भने आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म ३ हजार ५ सय १० भएको थियोे । गत सालको तुलनामा ८ दशमलव ११ प्रतिशतले कमि भएर आएको हो। गत वर्ष २०७८/७९ मा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ सय ३१ थियोे भने यस वर्ष २०७९/८० असार मसान्तसम्म ४ सय १२ जनाको मृत्यु भएको थियोे
सुनसरी / इटहरीको हलगडा यातायात व्यवस्था कार्यालयमा सिटी सफारी चालकहरूले आन्दोलन गरेका छन् ।मंगलबारबार दिउँसो चालकहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । लाइसेन्सबिना काम गरिरहेका सिटी सफारीचालकलाई अनिवार्य बीमा गर्न लगाएर लुटतन्त्र मच्चाएको भन्दै उनीहरुले प्रदर्शनमा गरेको जनाएका छन् ।सफारी बीमा गरेर पनि बीमा बापतको सेवा सुविधा उपलब्ध नगराएको भन्दै बिना बिमा सिटी सफारी नवीकरण गर्न उनीहरुले माग राखेका थिए । सिटी चालकहरुले बिमा कम्पनीलाई संरक्षण गर्ने काम बन्द गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले सफारी नविकरणका लागि बसाइसराई अनिवार्य गरेकोमा पनि विरोध गरिएको अखिल नेपाल यातायात मजदुर
सुनसरी / महोत्तरीको सम्सीमा स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।सम्सी गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा गत असार ३१ गतेबाट शुरु भएको तालिम आज सम्पन्न भएको हो ।समापनको अवसरमा बोल्नु सम्सी गाउँपालिका वडा नं. ३ का अध्यक्ष शेख अतिकुर रहमानले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउने बताए । यसैगरी सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक संजय कुमार यादवले स्वास्थ्य संस्थाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नु पर्ने बताए । सो अवसरमा सम्सी गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैलाश यादवले समे
सुनसरी / इटहरीको सरस्वती माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले यस सामुदायिक विद्यालय छनोट धेरै महत्वपूर्ण छ । इटहरी - ३ स्थित यस बिध्यालय विगतका बर्षहरूमा राम्रो नतिजा ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधि मैत्री बिद्यालयमा कक्षा ११ र १२ मा शिक्षा तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ११ उत्तिर्ण गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाउन सफल इटहरीकै सुन्दर सान्त
सुनसरी / संखुवासभाको खादबारी नगरपालीका- ११ स्थीत पर्यटकीय स्थान छहरे झरना वरिपरि बृक्षरोपण गरिएको छ ।छहरे झरना ब्यबस्थापन समितिको अगुवाईमा करिब २ सय जनताको सहभागितामा बृक्षरोपण गरिएको हो । कार्यक्रममा ११ नम्बर वडा का वडाध्यक्ष अनिल राई,राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष ध्रुब खड्का,समृद्ध बहुदेश्यीय सहकारीका सिईओ मनिष श्रेष्ठ लगायतहरूले बृक्षरोपण गरेका हुन् ।छहरे झरना संरक्षण समिति अध्यक्ष भुवन राई,सचीव सुमन राई,अगुवा लक्ष्मी राई र स्थानीय समाजसेवी अगुवा विश्व राई,उत्तम दाहाल,अमिर चौहानको उपस्थिति रहेको थियोे ।
मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा- १० मा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतलाई सिंगापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मान गरिएको छ ।उनलाई कोशी प्रदेशका निजि विद्यालयहरु मध्ये उत्कृष्ट प्रिन्सिपलका रुपमा अवार्ड प्रदान गरिएको हो । त्यस्तै, सुन्दरहरैंचा नगरपालिका- ८ सलकपुरमा रहेको ब्राईट फ्युचर सेकेन्डरी स्कुललाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित गरिएको छ । सोही बिद्यालय पनि कोशी प्रदेशमा उत्कृष्ट भएको दाबी सहित सम्मान गरिएको छ । विद्यालयका प्रिन्सिपल टिका ढकालले अवार्ड ग्रहण गरेका हुन् । लिंकन युनिभर्सिटीका च
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.