विराटनगर / उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।सर्दु जलाधार क्षेत्रको भन्दै व्यक्तिले भोग चलन गर्दै आएको जग्गामा बृक्षरोपण गरेका साम्पाङ विरुद्ध अदालतले अन्तरिम आदेश जारी गरी धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिट निवेदन उपर अन्तरिम आदेश दिँदै उच्च अदालत विराटनगरका न्यायाधीश मिलन राईको एकल इजलासले रोजिना अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न नगराउन भनिएको छ ।अघिल्लो शनिवार धरानका मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिका भ
काठमाडौं / आजको वि.सं. २०८० साल श्रावण १२ गतेका दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् ।मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अआम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। बाध्यताले काममा जुट्नैपर्ने अवस्था आउन सक्छ। आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। समस्या दर्साउँदा सहयाेगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ।वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बोदिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भाव
सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका -६ चुहानडाँडा मोटरसाइकल दुर्घटना हुदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।चुहानडाँडाको कार्तिकेमा बिहिवार दिउँसो मोटरसाइकल दुर्घटना हुदा आठराई-२ ह्वाकूका ४१ वर्षीया नविन थिङलावुको मृत्यु भएको इलाका प्रहरी कार्यलय आठराईले जनाएको छ । घाइते हुनेमा धरानका अन्दाजी ४० वर्षीया सुरेन राई रहेका छन् । आठराई संक्रान्तिबजारबाट ईलाम जादै क्रममा दुर्घटना भएको थियोे । घाइते राईलाई पाँचथर अस्पताल फिदिममा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ।सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नु
सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका ३ रमाइलो टोल स्थितमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।स्थानीय कृष्ण मगरका ३ वर्षीय छोरा कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पानीमा डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी पोखरीबाट उद्दार तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी / छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ ।नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण नबुझाउने विद्यालयहरु निम्न छन् । विराटअर्जुन इङलिस स्कुल बिर्तामोड १० , मिडिल प्वाइन्ट इङ्लिस स्कुल बिर्तामोड ५ , नवोदय फनमिन इङ्लिस स्कुल बिर्तामोड ३ , सिद्धार्थ शिशु सदन बिर्तामोड १०
आजको वि.सं. २०८० साल श्रावण ९ गतेका दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) - कार्य
काठमाडौं / कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएपनि फेसला भोलि बिहीबार आउने भएको हो ।सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएको छ । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता
सुनसरी / इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई एक दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान विषयका विद्यार्थीहरुलाई हिजो मंगलबार अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।विद्यार्थीहरुलाई थप अध्ययनका लागि विषय छनौटगरी योजना बनाउनका साथै पठनपाठन सीप र कला विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता भएको उक्त कार्यकममा डा. मदन मण्डल र ई.आसुतोष कर्णले विद्यार्थीहरुलाई सहजीकरण
सुनसरी / २०७४ सालको बाढीले बगाएको मोरङको बेलबारी लोहन्द्रा खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहर बनेको छ ।पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे थिए ।उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । पुल र नहरको उद्घाटन पछि त्यस क्षेत्रका किसान तथा सर्वसाधरण खुसी भएका छन् ।सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १ सय ५३
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.