All Posts By कोशी प्रेस

    Showing १०,६६१-१०,६७० of १३,७४३ items.
  • अरुण गाउँपालिकामा श्रमदान मार्फत दुइ दिनमा सात किलोमिटर सडक निर्माण

    सुनसरी / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ मा श्रमदान मार्फत दुइ दिनमा करिव सात किलोमिटर सडक मर्मत सम्भार तथा सरसफाई गरिएको छ ।युवा पलायन हुने र बसाइँसराइको लहरले गाउँघरमा बुढाबुढी र बालबालिका अनि कमै मात्र वस्तीहरू छन् । गाउँघरको अहिलेको स्थिति हेर्ने हो भने जिउदाको जन्ती र मर्दाको मलामी भन्ने कहावत नै हराउने अवस्था आइ सकेको छ। यस्तै विकास निर्माणको काममा पनि उपभोक्ताको लगानी र समय शुन्य प्रायः हुन थालेको छ । दशै, तिहार  लगायतका चाडपर्वमा गाउँले मिलेर बाटो बनाउने, सरसफाई गर्ने जस्ता काम बिरलै मात्रामा देख्न पाइन्छ । खानेपानीका लागि श्रमदानबाटै अधिकांस काम हुने गर्थे । पाईप किनेर

    • प्रकाशित मितिः साउन २०, २०८०
    • ५३१ पटक पढिएको
  • रोहित चौधरीको हत्या प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ जना पुग्यो

    सुनसरी / इटहरी धरान सडक खण्डको सेउतीपुलमा गोली प्रहार गरी लुटपाट भएको घटनामा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।गत साउन ५ गते विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । लुटेरा समूहका दुई जनालाई बुधबार, शुक्रबार तीन जना र शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।शनिबार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ का २७ वर्षीय ज्याङ्लो भनिने युनेश राई रहेका छन् । उनलाई आठ राउन्ड गोलीसहित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यसअघि शुक्रबार पक्राउ पर्नेमा विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका–१ घर भई धरान उपमहानगरपालिका–८

    • प्रकाशित मितिः साउन २०, २०८०
    • १८२ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले सुरु गर्‍यो डेङ्गी नियन्त्रण अभियान , विद्यालयले पनि सुरू गर्यो

    सुनसरी / लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी रोग भयावह रूपमा फैलन थालेपछि इटहरी उपमहानगरपालिकाले पनि नियन्त्रणका अभियान  सुरु गरेको छ ।केही दिनअघि मात्र उपमहानगरपालिकाको मातहतमा रहेको इटहरी अस्पतालमा डेङ्गीको निःशुल्क परीषण सेवा दिन थालेको छ । इटहरी सरकारले साउन १९ गतेदेखि पालिकाका सबै २० वडाहरूमा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सुरु गरेको हो । टोल विकास समितिमार्फत अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।सङ्क्रमण दरमा कमी नआएसम्म अभियान जारी नै रहने उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । उच्च ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखिए तत्काल परीक्षण गराउन पनि उनले अ

    • प्रकाशित मितिः साउन २०, २०८०
    • ११६ पटक पढिएको
  • बेलबारीको शिक्षा सन्देश स्कुलका विद्यार्थीलाई संस्कार र संस्कृतिको बारेमा ज्ञान

    सुनसरी / मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङलिस स्कुलका कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थिहरुलाई विभिन्न जातजातिका भाषा,संस्कार र संस्कृतिका बारेमा जानकारी दिन थालिएको छ । शुक्रबार विद्यार्थीहरुलाई जीवनपयोगी शिक्षा अन्तर्गत स्थानिय स्तरका विभिन्न जातजाती भाषा, संस्कार र संस्कृतिको उत्पति, विकास इतिहास, वर्तमान अवस्था र संरक्षण सम्र्बद्धनका विषयमा जानकारी दिने लक्ष्यका साथ कोकरिकुलर कार्यक्रम अन्तर्गत बेलबारी नगरपालिका भित्र स्थित गुरुङ जातिहरुको नेपाल तमु गुम्बा, तामाङ जातिको तामाङ गुम्बा, दलित जातिहरुको दलित संग्रालय, यलम्बर पार्कमा भ्रमण गराइएको छ  । कार्यक्रमले विद्

    • प्रकाशित मितिः साउन २०, २०८०
    • २२७ पटक पढिएको
  • ह्युमन नेपाल धनगढीद्वारा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग इटहरीमा समापन

    सुनसरी / इटहरीमा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग बिशेष टुल टेक्नीक स्कीलमा आधारित भएको एक हप्ता तालिम समापन भएको छ ।ह्युमेन नेपाल धनगढी कैलालीको आयोजनामा साउन १३ देखी १९ गते सम्म सञ्चालनमा रहेको तालिममा आबद्ध भई मनोबिमर्शकर्ता बन्न चाहने व्यक्तिहरुलाई तालीम दिएको हो । विशेषतः बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई टुल टेक्नीक स्कील तालिम दिएको थियोे ।इटहरी उपमहानगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको थियोे । १३ जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिएका हुन् । प्रेमनाथ

    • प्रकाशित मितिः साउन २०, २०८०
    • ३१८ पटक पढिएको
  • हसिना सिमसारमा डुबेर इटहरीका एक बालकको मृत्यु

    सुनसरी / इटहरी घर भएका एक बालकको मोरङको सुन्दरहरैँचास्थित हसिना सिमसारमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार  इटहरी उपमहानगरपालिका- ३ घर भएका १६ वर्षीय अभिनन्दन आचार्यको मृत्यु भएको हो । आचार्यलाई सुन्दरहरैँचा नगरपालिका - ५ स्थित हसिया सिमसारमा डुबेको अवस्थामा मृत फेला पारिएको थियो ।  साथीहरुसँग सिमसार घुम्न गएका आचार्य दिउँसो ३ बजेतिर पौडी खेल्न भनेर बाँधको पानीमा छिरेको प्रहरीले जनाएको छ । उनी पौडी खेल्न जान्दैन थिए । पौडी खेल्ने क्रममा दहबाट बाहिर निस्कन नसक्दा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार किशोरसँगै घुम्न गएका अरु साथी

    • प्रकाशित मितिः साउन १९, २०८०
    • १४९ पटक पढिएको
  • इटहरीमा स्वास्थ्य संस्था अनुगमन नियम बिपरित संस्था बन्द

    इटहरी । इटहरीमा रहेका स्वास्थ्य संस्था हरुको  अनुगमन भएको छ । स्वास्थ्य संस्थामा मान्यता प्राप्त स्वास्थ्य कर्मी नरहने,   अनुमति नै नलिई सञ्चालनमा रहेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको लगायतका गुनासो हरू आइरहेकोले बिहीबार  इटहरी उपमहानगरपालिका क्षेत्रका करिब २५ ओटा मेडिकल अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका स्वास्थ्य साखा, जिल्ला अस्पताल इनरुवाका प्रतिनिधि हरुको उपस्थितिमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख प्रसासकिय अधिकृत केसब प्रसाद खतिवडा ले बताउनुभयो।  सो क्रममा इटहरीका चण्ड

    • प्रकाशित मितिः साउन १९, २०८०
    • ४०३ पटक पढिएको
  • जनतालाई सहज रुपमा सेवा दिन इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलको निर्देशन

    सुनसरी / इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले सेवाप्रवाहमा सुधार ल्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्।उपमहानगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालयमा बोलाएर कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिएका हुन् ।'उपमहानगरकाल दिएको सेवामा समस्या भए हामी सुधार गर्ने पौडेलले भने, ‘अरु कार्यालयहरुका समस्या प्राथमिकता अनुसार सुधार गर्दै जान अनुरोध गरे , इटहरी भित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुःख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।’ भनेर कार्यालय प्रमुखहरुलाई निर्द

    • प्रकाशित मितिः साउन १९, २०८०
    • १२३ पटक पढिएको
  • कोशी प्रदेश प्रहरी कार्यालयले ५२ करोड राजस्व सङ्कलन गर्यो

    विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/ ८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ ।सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व सङ्कलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण प्रस्तुत गर्दै जानकारी दिनुभएको हो ।गत आवमा आठ हजार सात सय १९ विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कानूनी कारबाही भइरहेको तथा फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय एवं जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार चार सय ६६ जना फरार प्रतिवादी पक्राउ गरिएको र रु चार करोड

    • प्रकाशित मितिः साउन १८, २०८०
    • ११४ पटक पढिएको
  • इटहरीको मोडर्न प्रिपरेटोरी स्कुलद्वारा निशुल्क आँखा जाँच शिविर , चार सय बढी लाभान्वित

    सुनसरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा हिजो बुधबार निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना भएको छ ।आफ्ना बिद्यार्थीहरुमा समेत आँखाको संक्रमण देखिएपछि सो विद्यालयले नेपाल नेत्र ज्योतिसंघ विराटनगर आँखा अस्पताल रानिको सहकार्यमा चार सय बढीले निशुल्क आँखा शिविर गरेका हुन् ।इटहरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा विद्यार्थी, अभिभावकका लागि बिद्यालयमै निशुल्क आँखा शिविर आयोजना गरेको विद्यालयका सह-प्रधानाध्यापक रमेश निरौलाले बताए ।पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायल

    • प्रकाशित मितिः साउन १८, २०८०
    • २३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]