All Posts By कोशी प्रेस

    Showing १०,६४१-१०,६५० of १३,७४३ items.
  • इलाममा कान्छी श्रीमतीको हत्या गरी श्रीमान् गायब

    सुनसरी / इलामको सूर्योदय नगरपालिका- २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।प्रहरीका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो। झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।  पाँचथरको फिदिम नगरपालिका- ४ जोरसाल घर भएका पूर्णबहादुर श्

    • प्रकाशित मितिः साउन २३, २०८०
    • १५४ पटक पढिएको
  • भोलि कोशी प्रदेशमा सार्वजनिक विदा हुने

    विराटनगर  / भोलि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिएको हो । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवन मनाइन्छ ।विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरेको छ । मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।

    • प्रकाशित मितिः साउन २३, २०८०
    • २१० पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले कर वृद्धि गरेपछि नेकपा एमाले इटहरीद्वारा ध्यानाकर्षण

    सुनसरी / इटहरी उपमहानगरपालिकाले कर वृद्धि गरेपछि नेकपा एमाले पार्टी कार्यलय इटहरीले पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण गरेको छ ।इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अर्थ बिधेयकले निर्धारण गरेको चर्को करका सम्बन्धमा नागरिक स्तर बाट पछिल्लो समय उठिरहेको विरोधका आवाज प्रति नेकपा एमाले इटहरी उप-महानगर कमिटिले इटहरी उपमहानगरपालिकालाइ ध्यानाकर्षण गराएको छ ।जनस्तर बाट उठेका कर बृद्दि सम्बन्धि विषयलाई पार्टीले करका दर अस्वभाविक र अव्यवहारिक रहेको ठहर गर्दै नेकपा एमालेले बिरोध गरेको छ ।विश्वब्यापी आर्थिक मन्दीले थिलथिलो र संकट ग्रस्त बनाएको देशको अर्थतन्त्रको अवस्था बाट नगरका सबै क्षेत्र आक्रान

    • प्रकाशित मितिः साउन २३, २०८०
    • ३१५ पटक पढिएको
  • एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

    इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।मंगलबार नेपाल रेडक्रस सोसाइटी इटहरीको सहयोगमा एक्सपर्ट एजुकेशन इटहरी शाखाले आयोजना गरेको  रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन् । पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए ।इटहरी उप महानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा व

    • प्रकाशित मितिः साउन २३, २०८०
    • २७० पटक पढिएको
  • इटहरीमा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते , ११ जना सामान्य घाइते

    इटहरी / धरानबाट काँकडभिट्टा जाँदै गरेको बस इटहरी २० स्थित होम्समा दुर्घटना भएको छ ।धरानबाट काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज (मंगलबार) बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।दुर्घटनामा १४ जना यात्रु घाइते भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् ।घाइतेहरूको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ  । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।बस चालकला

    • प्रकाशित मितिः साउन २३, २०८०
    • २१० पटक पढिएको
  • भारी वर्षाले देशका अधिकांश नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

    काठमाडौं / देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न कठाउँमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ ।हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले

    • प्रकाशित मितिः साउन २३, २०८०
    • ११३ पटक पढिएको
  • झापामा चितामा राखेको शब दागबत्ती दिने बेलामा प्रहरीले उठाए

    सुनसरी / झापाको कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अबस्थामा एक महिलाको शब प्रहरीले सोमबार चिताबाटै उठाएको छ ।इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागवत्ती दिन ठिक्क पारेको अबस्थामा महिलाको शब चिताबाटै उठाएको हो ।कनकाई नगरपालिका-३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि कनकाई माईमा शब पुरयाइएको थियो । प्रहरीले घाटबाटै शब उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार स्थानीयको मौखिक उजुरीका आधारमा शब नियन्त्रणमा लिँदै पोष्टमार्टमका लाग

    • प्रकाशित मितिः साउन २२, २०८०
    • २७९ पटक पढिएको
  • रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ इटहरी युगलको संयुक्त पदस्थापन सम्पन्न

    इटहरी । रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ इटहरी युगलको संयुक्त कार्यक्रमका विच नयाँ कार्यसमितिको पदस्थापना सम्पन्न भएको छ । रोटरी क्लवका डिष्ट्रिक गर्भनर डिष्ट्रिक ३२९२ का राजेन्द्र प्रसाद धोजुको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ इटहरीको २७ औं र रोटरी क्लव अफ इटहरी युगलको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।पदस्थापना कार्यक्रममा रोटरी क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष संयोज पराजुलीले वर्ष २०२४ का अध्यक्ष माधव न्यौपानेलाई पद हस्तान्तरण गरेका छन् । त्यसै गरी रोटरी क्लव अफ इटहरी युगलका निवर्तमान अध्यक्ष विनोद पौडेलले वर्ष २०२४ का अध्यक्ष राजिव घिमीरेलाई पद हस्तान्तरण गरेका छन् । पदस्था

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १३८ पटक पढिएको
  • आँखा पाक्ने रोग देशव्यापी, महामारीको जोखिम

    काठमाडौं — सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो स

    • प्रकाशित मितिः साउन २२, २०८०
    • २८९ पटक पढिएको
  • जनता क्याम्पस सञ्चालक समिति अध्यक्षमा विकास केसी

    सुनसरी / जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समिति अध्यक्षमा विकास केसी निर्वाचित भएका छन् ।सोमबार आज क्याम्पसको सभाहलमा सम्पन्न पदभार तथा सपथ ग्रहणको कार्यक्रम पछि बसेको पहिलो बैठकले केसीलाई समितिको अध्यक्षमा चयन गरेको हो ।गत २० गते शनिबार सम्पन्न भएको क्यामपस सञ्चालक समितिको निर्वाचनमा केसीले ३५२ मत प्राप्त गरेका थिए । १३ सदस्यको लागि भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ८३ प्रतिशत मत खसेको थियो । खसेको ६०४ मत मध्ये ५९१ मत सदर भएको थियो ।निवार्चित सदस्यहरुबाट सर्वसम्मत रुपमा अध्यक्षमा केसीलाई चयन गरिएको हो । अन्य पदाधिकारी आगामी बैठकले टुङ्गो लगाउने जनाइएको छ ।जनता क्याम्पसमा हाल नेकपा एमालेका

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ५९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]