संखुवासभा / कारागार संखुवासभामा दुई कैदीबन्दीकाे मृत्यूकाे छानविन निश्पक्ष र सत्यतथ्य हुनु पर्ने कुरालाई मादी नगरपालिकाका नगर प्रमुखले जीवन लिङ्थेपले ध्यानाकर्षण गराएका छन् ।दुई जना कैदीको शंकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्।संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो । उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भीक निष्कर्ष प्रहरीको छ। दुई कैदीबन्दीकाे मृत्यू भएपछि छा
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी दिएका छन् ।अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा.शर्माले प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।उनले भने, ‘यिनीहरुले नेतालाई एकएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो। तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरुलाई भन्छु ।’उनले गृ
सुनसरी / इटहरी उपमहानगरपालिकाले मनोमानी तरिकाले बढाएको करको दर पुनरवलोकनका लागि इटहरी उपमहानगरपालिकाले समिति बनाएको छ ।इटहरी उपमहानगरपालिकाको १३३ अौं कार्यपालिकाको बैठकमा सात सदस्यीय अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।समितिमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, पोषराज नेपाल, वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल, वडा नम्बर १७ का वडाध्यक्ष प्रभात कुमार आचार्य तथा विज्ञमा गणेश दाहाल रहेका छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रह
ईटहरी, ईटहरी डेलिभरि सर्भिस तेस्रे वार्षिक उत्सव भव्यताको साथ मनाउदै चौथो वर्ष सुरुवाता गरेको छ । विपन्न समुदायको बालबालिका सँग आफ्नो तेस्रो वार्षिक उत्सव भव्यतासाथ मनाइएको हो । समाजमा विशेष गरि बालबालिका शिक्षा बाट बन्ञ्चित नहुन् भनि ईटहरी ८ को हरिजन समुदायको बालबालिका सँग वार्षिक उत्सव मनाएको हो । पछिल्लो समय इन्टरनेट र प्रविधीको प्रयोगले खानाको स्वाद र खानाको परिकारको माग बड्दै गएको र उत्त मागलाई मध्यनजर गर्दे सेवाग्राहिहरुलाई उच्च स्थरिय सेवा दिदै आएको बताउछन् । ईटहरी डेलिभरि सर्भिसले आफ्नो सेवाग्राहीलाइ दिदै आएको सेवा सँगै पारिवारिक र आत्मियता झल्कने सेवा दिएको विश्
सुनसरी / इटहरी २ स्थित राजदेवि मन्दिरमा निशुल्क आँखा शिविर भएको छ । इटहरी २ स्थित राजदेवि मन्दिरमा सृजनशिल युवा क्लब इटहरी र लायन्स/लियो क्लब अफ इटहरी इन्नोभेसनको आयोजनामा निशुल्क आँखा शिविर भएको छ । निशुल्क आँखा शिविरमा इटहरी २ का स्थानीय बासि करिब दुई बढी लाभान्वित बनेका हुन् ।पछिल्लो समयमा आँखा पाक्ने रोग बढ्दै गएकाले स्थानीयबासिहरूलाई सहज होस भनेर आँखा शिविर सञ्चालन गरेको सृजनशील युवा क्लब का अध्यक्ष सुजन घिमिरेले बताए ।इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आथित्यतामा कार्यक्रम सुरू भएको थियो । विशिष्ट अथिति लाइन्स क्लब अफ इटहरी इनोभेसन इटहरीका अध्यक्ष पदमकुमार
झापा / झापाको कनकाई नगरपालिका- १ स्थित दुर्गापुर, सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विजय भुजेलकी छोरी चार वर्षीया निशा भुजेल र देवीमाया जोगीका छोरा तीन वर्षीय कुमार जोगीको डुबेर मृत्यु भएको हो ।बिहीबार घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याएका थिए । उनीहरूमध्ये एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो ।एकजनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।
सुनसरी : कानूनविपरीत नेटवर्किङ धन्दा चलाएको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय तीन ओटा कम्पनीको कार्यालयमा ताला लगाएको छ ।कानूनले प्रतिबन्ध गरेको नेटवर्किङ व्यवसायमार्फत बढी मुनाफा आर्जन हुने भन्दै सर्वसाधारणसँग लाखौँको ठगी गरेको जनगुनासोका आधारमा अनुगमन गरी तीन ओटा कम्पनीमा ताला लगाइएको उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।कम्पनीमा ताला लगाउनुका साथै कम्पनीका सञ्चालकलाई तीन दिनभित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको पनि उनले स्पष्ट पारे । उनका अनुसार इटहरीलाई केन्द्रविन्दु बनाई कारोबार गरिरहेका ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसियट्स नामका तीन कम्पनीमा
सुनसरी : विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयकमाथि निजी शैक्षिक संस्था सञ्चालकले असन्तुष्टी जनाएका छन् । उनीहरुले देशव्यापी आन्दोलनको घोषणा नै गरेका छन् ।निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले आफूहरुलाई गुठीमा जान बाध्य पार्न खोजेको भन्दै विरोध जनाएका हुन् ।निजी विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण गर्नुपर्ने र दायित्व फरफारक गरिसक्नुपर्ने प्रावधानप्रति उनीहरुको विशेष आपत्ती छ । विधेयकका अनुसार पाँच वर्षपछि विद्यालयलाई गुठीमा लानुपर्नेछ । त्यसपछि नाफा बाँड्न पाइँदैन । नाफाका लागि घरजग्गा धितो राखेर खोलिएका विद्यालयलाई गुठीमा लग्न खोजेर सरकारले हडप्ने योजना बनाएको विद्याल
काठमाडौं / सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा आज पक्राउ परेका छन् ।उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । उनले केही अघि सुन तस्क
सुनसरी / कोशी प्रदेश नामाकरण खारेजी नभएसम्म विभिन्न ढंगले आन्दोलन जारी रहने आदिवासी जनजाति अगुवाहरुले बताएका छन् ।बुधबार इटहरीमा २९ औ विश्व आदिवासी जनजाति दिवस मनाउने क्रममा आदिवासी जनजाति अगुवाहरुले कोशी प्रदेशमा आदिवासी जनजातिको मुद्दालाई दबाएर जर्वरजस्ती नामाकरण गरिएको बताए । उनीहरुले आदिवासी जनजातिको भावना विपरीत अघि बढ्ने प्रदेश सांसदप्रति आगामी दिनमा सचेत हुनुपर्ने बताए । विभिन्न जातजातिका झाँकी सहितको र्यालीका साथ इटहरी मुख्य चौकमा कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जिरेलले पहिचानवादीको मुद्दा दबाउने प्रदेश सांसदलाई खबरदारी गरि र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.