All Posts By कोशी प्रेस

    Showing १०,६११-१०,६२० of १३,७४३ items.
  • राष्ट्रिय युवासंघ नेपाल तेह्रथुमले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण

    राष्ट्रिय युवासंघ नेपाल तेह्रथुमले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण गरेको छ। संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नारालाई आत्मसात गर्दै संघले तेह्रथुमको म्याङलुङ नगरपालिका तेर्ह्रथुम थुम जिल्ला अध्यक्ष राजकुमार थापाले वताए ।संघको आयोजनामा सम्पन्न वृक्षरोपण कार्यक्रमको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य डा. विजय सुव्वाले व्यानर वाचन गरि गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. सुव्वा  युवा संघले राखेको यस वृक्षारोपण कार्यक्रमले आफ्नो ठाँउलाई हरियाली र रमणीय बनाउन मद्दत पुग्ने बताए साथै

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ३२२ पटक पढिएको
  • युवा संघ नेपाल जिल्ला कमिटी मोरङको नवौ जिल्ला अधिवेशन भदौ ९ गते विराटचौकमा हुने ।

    नेकपा(एमाले) निकट राष्ट्रिय  युवा संघ नेपाल जिल्ला कमिटी मोरङको नवौ जिल्ला अधिवेशन हुने भएको छ । भदौ ९ गते विराटचोकको जेसिज भवनमा हुने अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न युवासंघ तयारीमा जुटेको छ युवा संघले अधिवेशनको घोषणा गरे सँगै  पालिका, वडा कमिटीहरु गठन, पुनर्गठन, सदस्यता वितरण सहित संगठन विस्तारलाई तीव्रता दिएको छ । त्यसैगरी बृक्षा रोपण विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुलाई अगाडी बढाएको छ । अधिवेशनलाई भव्यरुपमा सफल बनाउन युवा संघले प्रचारप्रसारलाई व्यापकरुपमा अगि बढाएको छ । सहर देखि गाउँ तह सम्मका युवाहरुमा अधिवेशनको उत्साह देखिएको छ । विभिन्न सास्कृतीक कार्यक्रम सहित हुने

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ७७७ पटक पढिएको
  • तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

    सुनसरी / श्रीमतीको हत्या आरोपमा तेह्रथुमको आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठलाई झापाको काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको छ ।२६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता)को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।  घरायसी विवादपछि घर छोडेर भागेको भन्दै उनका श्रीमान राजकुमार श्रेष्ठ पनि केही दिनअघि बेपत्ता भएका थ

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १८१ पटक पढिएको
  • आज पनि मुलुकभर वर्षा हुने, सर्तक रहन आग्रह

    काठमाडौं / मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बामगती, गण्डकी, लुम्बिनी प्रदेशका केही कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिन

    • प्रकाशित मितिः साउन २८, २०८०
    • १४३ पटक पढिएको
  • राष्ट्रिय युवा संघ उर्लाबारीद्वारा २ सय ५० प्रजातिका बिरुवा रोपियो

    सुनसरी / अन्तर्राष्ट्रिय युवा दिवस २४ औँ युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले वृहत वृक्षरोपण गरेको छ । "एक युवा पाँच विरुवा" भन्ने मूल नारालाई आत्मसाथ गर्दै युवा संघ उर्लाबारी नगर समितीको आयोजनामा शनिबार उर्लाबारी -१ लक्ष्मीझारस्थित सोल्टि खोलाको वरिपरि वृक्षरोपण गरिएको छ  ।वृक्षरोपणमा २ सय ५० थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको  थियाे  । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकी ,  विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपालका मोरङ्ग जिल्ला संयोजक प्रविन घिमिरे , कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा

    • प्रकाशित मितिः साउन २८, २०८०
    • ३१२ पटक पढिएको
  • इटहरीमा डेढ सय प्रतिशत जरिवाना लिएर घर नक्सा अभिलेखिकरण असोज मसान्तसम्म थप

    सुनसरी / इटहरी उपमहानगरपालिकाले थप एक सय ५० प्रतिशत जरिवाना लिएर उपमहानगर क्षेत्रभित्र नक्सा पास नभई बनेका घर तथा संरचनाको अभिलेखिकरण असोज मसान्तसम्म गर्ने भएको छ ।यस अघि अभिलेखिकरण मार्फत झण्डै एक बर्षदेखि पुराना घरको नक्सा पास गर्दै आएको उपमहानगरले अहिले भने डेढ सय प्रतिशत थप दस्तुर लिएर घर नक्सा अभिलेखिकरण गर्न लागेको हो ।साथै सार्वजनिक विदाको दिन, कार्यलय समय अतिरिक्त बिहान तथा बेलुका अनलाइन मार्फत सेवा उपलव्ध गराएको डिजिटल घर नक्सा सम्बन्धि सेवा समेत कार्यलय समयमा नै गरे सरह मान्ने समेत शुक्रबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।साविकको भवन निर्माण सम्बन्धि कानुनले

    • प्रकाशित मितिः साउन २७, २०८०
    • २०७ पटक पढिएको
  • काठमाडौंबाट भोजपुर आउदै गरेको वोलेरो दुर्घटनामा हुँदा ११ जना घाईते, ३ गम्भीर घाईते

    सुनसरी / काठमाडौँबाट भोजपुर आउदै गरेको वोलेरो टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- २ छिनामखुको सिर्दलीमा दुर्घटना भएको छ । दिउसो करिब ४ वजे १ ज ६८१६ नम्बरको वोलेरो अनियन्त्रीत भई दुर्घटना हुदा ११ जना घाईते भएका छन् भने ३ जना गम्भीर घाईते भएका छन् ।ईलाम माङसेवुङ- १ बस्ने वर्ष ३० को सुरेन्द्र राई  गम्भीर घाइते भएका हुन् । यशोधरा मा बि टक्सार भोजपुरका शिक्षक सिराजसर्मा लुईटेल र मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका- ५ वस्ने वर्ष २४ का निशान राई गम्भीर घाइते भएपछि भोजपुरबाट विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान रेफर हो । उनीहरु तीनै जनाको अनुहार र छातीमा चोट लागेको प्रहरी जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • १२१ पटक पढिएको
  • महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा महिलाहरुलाई सिलाई कटाई तालिम

    महोत्तरी/  एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम आज साउन २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।तालिमको समापनका अवसरमा बोल्नुहुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले सीपको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउनुभयो ।“सीप जीवनको हरेक मोडमा उपयोगी हुन्छ” अध्यक्ष मण्डललेले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर

    • प्रकाशित मितिः साउन २७, २०८०
    • २३१ पटक पढिएको
  • कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री उद्धव थापा

    सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।संसदीय अङ्क गणितीय हिसाबले प्रदेश सरकार सङ्कटपूर्ण अवस्थामा रहेको बताउँदै थापाले सरकारको स्थायित्वका लागि सङ्घर्ष गरिरहेको बताए ।राजनीतिक समस्या र आर्थिक तलरताका बीचमा रहेको बताउँदै उनले कोसी प्रदेश सरकार अन्य प्रदेशसरकार भन्दा पछाडि परिसकेकोले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समस्या समाधानका लागि गम्भीर भएर लाग्नसमेत आग्रह गरेका हुन् ।कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल एकआपसमा सहकार्य र एकताबिना समस्याको निकास न

    • प्रकाशित मितिः साउन २७, २०८०
    • ११८ पटक पढिएको
  • भोजपुरमा निगुरो टिप्न गएका एक व्यक्ति पहिरोमा पुरिएर ज्यान गयो

    सुनसरी / भाेजपुर नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जङ्गलमा निउरो टिप्न गएका भाेजपुर नगरपालिका- २ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीवार बिहान सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीवारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी गरेका थिए । हिजो शुक्रवार  तामाङ मृतावस्थामा फेला परेका थिए ।मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • १३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]