All Posts By कोशी प्रेस

    Showing १०,५९१-१०,६०० of १३,७४३ items.
  • रामनाथ शर्मा पौडेलको स्मृतिमा निःसाहय बालबालिका आश्रम संचालनका लागी पाँच लाखको अक्षयकोष स्थापना

    इटहरी । निसाहय बालबालिकाहरुले आश्रय लिदै आएको सुनसरीको इटहरीमा रहेको नि:साहय बालबालिका सेवा आश्रमलाई इटहरीकै उमादेवी शर्मा पौडेलको परिवारले अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन ।   स्वर्गीय पति रामनाथ शर्मा पौडेलको स्मृतिमा उमादेवी पौडेलले अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैया सहयोग गरेकी हुन ।   सामाजिक सेवाका  क्षेत्रमा इटहरीमा नाम कमाउका  स्वर्गीय रामनाथ शर्मा पौडेलकी धर्मपत्नी उमादेवी सहित छोराहरु कमल शर्मा पौडेल , मुकुन्द शर्मा पौडेल र कमलेश शर्मा पौडेलको उपस्थितीमा आश्रमकी सञ्चालिका गिता गौतमलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन। सो क्रममा बालबालि

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १५२ पटक पढिएको
  • कक्षा १२ को नतिजामा यसवर्ष ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए ल्याए

    काठमाडौं / कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए ।त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए । गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ ।गत व

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १७५ पटक पढिएको
  • बेलबारीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

    सुनसरी / मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार घरमा जडान गरेको पंखा चलाउने क्रममा करेन्ट लाग्दा बेलबारी ५ का २५ वर्षीय प्रेम माझीको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १८५ पटक पढिएको
  • तेह्रथुममा श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरि सार्वजनिक गरियो

    सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ (दमन्ता) हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमार श्रेष्ठलाई प्रहरीले हिजो सोमबार सार्वजनिक गरेको छ ।गत साउन १४ गते आफ्नै श्रीमती रेसिकाको हत्या गरि फरार राजकुमारलाई झापाको काँकडभिट्टा स्थित एक होटेलमा लुकेर बसेको अवस्थामा साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो । घरायसी विवादमा श्रीमानश्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यू भएको प्रहरीको अनुसन्धानमा अभियुक्त राजकुमारले बयान दिएका छन् । श्रीमतीको हत्या गरि घर नजिकैको सुँगुरको खोरमा गाडिदिएको समेत राजकुमारले स्विकारेको

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १६३ पटक पढिएको
  • कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा मंगलबार (आज) साँझसम्म प्रकाशन गर्ने भएको छ । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो ।यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।  

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १७९ पटक पढिएको
  • केशव स्थापितसहित दुई जनाले छाडे एमाले

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसहित दुई जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गरेको हो ।स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । स्थापित र यादवको राजीनामा पार्टीले भर्खरै मात्र स्विकृत गरेको बुझिएको छ ।सोमबार बसेको पाटीको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ । उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए।२०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वा

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १८६ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेमा पतिले पत्नीको हत्या गरे

    सुनसरी / मोरङको पथरीशनिश्चरेमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान साढे ११ बजेतिर कर्णमायालाई कुटपिट गरेर घाइते बनाएका थिए । पतिको कुटाइले घाइते भएकी भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेलले सोमबार रेफर गरेपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा राति १० बजेतिर कर्णमायाको मृत्यु भए

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १५२ पटक पढिएको
  • विराटनगरमा तीन जना युवाले एक युवालाई तरबार प्रहार गरे

    विराटनगर / विराटनगरमा एक युवामाथि तरबार प्रहार भएको छ । सोमबार दिउँसो विराटनग १० सन्सारीमाईस्थानमा एक युवामाथि दिउँसो २ः४५ बजेतिर तरबार प्रहार भएको हो ।मोटरसाइकलमा आएका तीन जना युवाले तरबारले विराटनगर महानगरपालिका ८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका हलिमलाई उपचारका लागि न्यरो अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नहुने भएपछि अहिले उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।प्रहरी स्रोतका अनुसार हलिममाथि विराटनगर ८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार प्रहार गरेका हुन् ।उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको तरबा

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १८९ पटक पढिएको
  • एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्र

    काठमाडौं / राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ। यता , सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • १६३ पटक पढिएको
  • एमाले सचिवालयले टुङ्गो लगायो प्रदेश अधिवेशन, कहिले कहाँ ?

    काठमाडौं / नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टेङ्गो लगाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको  हो ।अनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको पार्टीका सचिव योगेश भट्टराईले बताए ।एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ३१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]