सुनसरी / सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका- ५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।टेलिफोन सेवा अवरुद्ध हुुदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्पर्क विच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ ।टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको
इटहरी / यहि असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'परदेशी २' युनिट प्रचारप्रसार गर्दै पुर्व इटहरीम आइपुगेको छ । टिमले पुर्वको केन्द्रको रुपमा रहेको इटहरीमा पत्रकार भेटघाट गर्दै 'परदेशी २' फिल्म हेर्दिन आग्रह गरेको छ । फिल्मका तर्फबाट अभिनेता प्रकाश सपूत, अभिनेत्री वर्षा सिवाकोटी र निर्माता राजेस बंसलको उपस्थिति रहेको थियो । पत्रकार भेटघाटमा बोल्दै अभिनेत्री वर्षाले 'मौलिक नेपाली कथामा बनेको फिल्म भएको हुनाले सम्पुर्णले परदेशी २ हेर्न नछुटाउन' अनुरोध गरिन् । यस्तै अभिनेता प्रकाशले पनि आफ्नो साङ्गीतिक करियर सुरु हुँदै गर्दाखेरी छायांकन भएको फिल्म भएपनी कहिले नमर्ने
सुनसरी / मोरङको बुढीगंगा गाँउपालिका कर्मचारीहरुले पेन डाउन गरेका कारण सो पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु ठप्प भएको छ । कर्मचारीहरुले बुढीगंगा गाँउपालिका कार्यालयमा विरोध प्रदर्शन गर्दै नाराबाजी समेत गरेका छन् । संघीय निजामति सेवा विधेयक २०८० मा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरिएको भन्दै स्थानीय निकायका कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलन गरिरहेको बेला विभिन्न पालिकामा समेत कर्मचारीहरुले पेन डाउन गरी विरोध प्रदर्शन शुरु गरेका छन् ।उनीहरुले प्रहरी दमन बन्द गर, संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गर, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस
सुनसरी / इलामबाट गएका १० जना नेपाली भारतमा बेपत्ता भएका बताइएको छ । इलाम नगरपालिका–९ का नेपालीहरू गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका प्रारम्भिक जानकारी आएको हो ।काम गर्न गएका उनीहरू असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएको हुन सक्ने स्थानीयको भनाइ छ ।स्थानीय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायतका रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलल
सुनसरी / जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकार चोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको होे ।गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा गरिएका कारण क्लिनिक सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए ।दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने स
सुनसरी / इटहरीमा रहेर विगत २३ वर्ष देखि सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ ।इटहरीमा रहेर सञ्चालन हुदै आएको महिला बचत ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवस मनाएको छ । ७ करोड भन्दा वढी सेयर पुँजी रहेको संस्था हो ।प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्ट्रार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चारकर्मी सुप्रिया राई सहित सहकारीसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।यसरी सम्मानीत हुनेहरुमा सहकारीकी उत्कृष्ट सञ्चालक मुना प्रसाई तिम्सिना , उत्कृष्ट पुर्व सञ्चालक धनकुमारी लिम्वु ,
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ चतरा बसपार्कबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले सन्जय लिम्बुको घरमा लुकाएर राखेको ठूलो र सानो आकारको हरिणको सिंग ५ वटा, नियन्त्रित लागूऔषध र मोबाइल बरामद गरेको छ । राइको घरबाट लागूऔषध Tramadol Hydrochloride Capsule क्याप्सुल ४४० वटा, Spasmo ट्याब्लेट ८० वटा र Spaspain ट्याब्लेट ४५० वटा गरि जम्मा ९७० बटा क्याप्सुल, काठको डमी बन्दुक १ थान , दाँत भएको फलामको १ थान , मोबाइल -४ थान समेत बरामद गरेको प्रहरी निरीक्षक तिमल्सिनाले बताए ।
सुनसरी / राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।झापाको हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार राति १० बजे जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उनीहरूलाई फेला पारेका थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएपछि घटना सार्वजनिक भएको हो । पौडेल
इटहरी / इटहरी उपमहानगरपालिका वडा नं. १७ मझौरा टोलमा खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । सोही ठाउँकी ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाईँ (नीमाले कमलाकी बहिनी बिहे गरेको) रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।सोमबार दिउँसो करिब ३ः४५ बजेतिर खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको प्रहरीले पुष्टि गरे । ‘मृतक ब
मिलन अधिकारी संखुवासभा / चिचिला गाउँपालिकाले विगत वर्ष देखि नै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको सम्वर्द्धन तथा प्रवर्द्धनमा लागि परेको छ । चिचिलाका पर्यटकीय क्षेत्रहरुको भौतिक पूर्वाधार निर्माण सँगै प्रचार प्रसारमा पनि पालिकाले जोड दिदै आएको छ ।यहीँ असोज २७ गते अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन २०८० को आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने तयारी गरिएको छ । सम्मेलनमा भारत आसामबाट आदिवासी समुदाय काभिं कुफ आमेई, संयुक्त राज्य अमेरिका र मित्रराष्ट चिनबाट समेत प्रतिनिधिमूलक उपस्थिति रहने चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिए ।सम्मेलनमा चिचिला गाउँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.