All Posts By कोशी प्रेस

    Showing १०,०७१-१०,०८० of १३,७४३ items.
  • मोरङको पथरीमा रुखबाट लडेर महिलाको मृत्यु

    मोरङ /  मोरङको पथरीमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । पिठारीको रुखबाट लडेर पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार कल्पना घर पछाडि रहेको पिठारीको रुखमा घाँस काट्न चढेकी थिइन् । घाँस काट्ने क्रममा बिहीबार बिहान ८ः३० बजेतिर उनी रुखबाट लडेर घाइते भइन् । गम्भीर घाइते अवस्थाकी उनको उपचारका क्रममा शुक्रबार दिउँसो १ः१० बजेतिर विराटनगरको आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बिहानको भएपनि प्रहरीले भने बेलुका मात्रै जानकारी पाएको थियो । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ९८ पटक पढिएको
  • टिकटकमाथि प्रतिबन्धविरुद्धको ७ वटा रिट : प्रारम्भिक सुनुवाइ सोमबार

    सुनसरी / टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध ७ वटा रिट परेको छ । विभिन्न कानुन व्यवशायीहरुले रिट दायर गरेका हुन् । रिट निवेदनहरूमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।निवेदनमा तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको माग गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • १३७ पटक पढिएको
  • बूढीगंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    सुनसरी / मोरङको बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक जनाको बुधबार राति मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार बूढीगंगा गाउँपालिका- ६ सुक्चरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ९ प ७८२८ र उत्तरतर्फ जाँदै गरेको को २९ प ६१५९ नम्बरको मोटरसाइकल ठोक्किएर साँझ ७ः५० बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परेर ७८२८ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगपालिका–५ का अन्दाजी २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको न्यौपानेले बताए । गम्भीर घ

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • २०६ पटक पढिएको
  • विश्वकप छनाेटमा अर्जेन्टिना र ब्राजिल पराजित

    काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनाेटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गाेलले पराजित भयाे । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलकाे ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा उक्लिएकाे छ ।यस्तै आजै बिहान घरेलु मैदानमा भएकाे खेलमा ब्राजिल काेलम्बियासँग २–१ गाेलले पराजित भयाे । ब्राजिलले शुरुवाती गाेल गर्दै अग्रता लिए पनि काेलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जि

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • १७५ पटक पढिएको
  • 1St Madi Challenge Cup २०८० सम्पन्न

    संखुवासभा / संखुवासभाको मादी नगरपालिका- ३ स्थित मुलखर्कको  खेल मैदानमा योङ स्पोर्टिङ क्लबले आयोजना 1St Madi Challenge Cup २०८० सप्पन्न भएको छ ।  पहिलो पटक योङ स्पोर्टिङ क्लबले आयोजना गरेको फुलबल आयोजक योङ स्पोर्टिङ क्लबले विजय भएको थियो ।२४ गते देखि सञ्चालन भएको खेलको प्रथम पुरस्कार ५५ हजार रहेको थियो भने दितिय द्धितिय पुरस्कार २५ रहेको थियो । आयोजकले नव शिर्जनशिल क्लब बाघालाई  २-० गोल अन्तरले पराजित गर्दै 1St Madi Challenge Cup को उपाधी उचाल्न सफल भएको छ । पहिलो हाफमा वसन्त ओझाले थ्रोइङ मार्फत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा ललित गुरुङको क्र

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ५२५ पटक पढिएको
  • भैसीसँग मोटरसाइकल ठोक्किदाँ सुन्दरहरैँचाका मदनको मृत्यु, इटहरीका अभिषेक घाइते

    सुन्दरहरैँचा / भैसीसँग मोटरसाइकल ठोक्किदाँ भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।झापाको कमल गाउँपालिका ३ स्थित सहिद गेट नजिकै को २१ प ७७ नम्बरको मोटरसाइकल बाटो सडकमा भैसीसँग ठक्कर हुँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मोटरसाइकलमा सवार इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् ।दुवै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजादैँ गर्दा मगरको बाटोमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचार भइरहेको छ । घट

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • १६४ पटक पढिएको
  • सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरी / सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–६ मालपोत चोकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।को २ ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • २१९ पटक पढिएको
  • जापान जान लागेका युवक कानेपोखरीको जंगलमा मृत भेटिए

    मोरङ / मोरङको उर्लाबारी नगरपालिका-६ सिमाना वस्तीका २३ बर्षे धिरेन्द्र ढुङगेल कानेपोखरीको जंगलमा मृत फेला परेका छन् ।सोमबार दिउसो २ बजे घरबाट श्रीमती सँगै उर्लाबारी बजार गएका ढुङगेल बाजरमा सामान किनमेल गरेर श्रीमतीलाई घर जाउ म कपाल काटेर आउछु भनेर श्रीमतिलाई घर पठाएका ढुङगेल मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर-७ मा पर्ने जंगलमा मंगलबार विहान मृत फेला परेका हुन ।ढुङगेलले श्रीमतीलाई दिउसो करिव २ बजेतिर कपाल काटि सके भनेर फोन गरेपछि उनि सम्पर्कमा नआएको परिवारले बताएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । ईलाका प्रहरी र सामाजिक संजालमा उनि हराएको सुचना सार्वजनिक

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • १३७ पटक पढिएको
  • तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटमा साइत

    काठमाडौं / यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहि

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • १४५ पटक पढिएको
  • बन्द भएको चार वर्षपछि मुस्ताङ–तिब्बत कोरला नाका खुल्यो

    काठमाडौं / मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको कोरला नाका चार वर्षपछि खुुलेको छ ।हिजो नेपाल र भारतका प्रतिनिधिहरुको उपस्थितिमा नाका पुनः खोलिएको हो । कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चीनले लोमान्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दालाई एक लाख किलो खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वुु गुुरुङले जानकारी दिए ।लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रका आधारमा आवतजावत गर्न थालेका मुुस्ताङका प्रमुुख जिल्ला अधिकारी जनकराज पन्तले बताए  ।प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)को असोज पहिलो हप्त

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • १२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]